
नेपालको खराब सुरुवात, दुवै ओपनर शुन्य रनमा आउट
काठमाडौं – एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले खराब सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले शुन्य रन बनाउँदा २ विकेट गुमाएको छ । नेपालका दुवै प्रारम्भिक ब्याट्म्यान कुशल भुर्तेल र आशिफ शेख शुन्य रनमा आउट भएका हुन् ।
अहिले नेपालका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले ब्याटिङ गरिरहेका छन् । नेपालले अहिले ७ ओभरमा २ विकेट गुमाउँदै १० रन बनाएर खेलिरहेको छ ।
ओमानका लागि बिलाल खान र कलिमुल्लाहले १/१ विकेट लिएका छन् ।



कागजपत्र |
