
सांसद शाहीको घोषणा – प्रत्येक महिना खेलाडीलाई मासिक ३ हजार खर्च गर्न चाहन्छु
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफूले पाउने मासिक तलबबाट ३ हजार रुपैयाँ नेपाली खेलाडीलाई दिने घोषणा गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहले आफ्नो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।
उनले भने,’आज म संसदबाट घोषण गर्न चाहन्छु- मेरो प्रत्येक महिनाको पारिश्रमिकबाट ३ हजार खेलाडीहरूलाई खर्च गर्न चाहन्छु।’ सांसद शाहीले सबै प्रदेश र संघीय सांसदहरूलाई पनि खेलाडीका लागि केही रकम छुट्याउन आग्रह गरे।
उनले भने,’अनुरोध गर्दछु कि हामी ८८४ जना छौं यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसार भर चिनाउन सहयोग पुग्नेछ।’
यस्तै सांसद शाहीले प्रदेश खारेज गर्न माग समेत गरे।



कागजपत्र |
