दल आधिकारिकताका लागि निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली


PM Oli

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दलको आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोग पुगेका छन्।

आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिँदै दलको आधिकारिकतामा प्रधानमन्त्री ओलीको दाबी छ। नेपाल कम्युनिस्ट पार्टी र सूर्य चुनाव चिन्ह आफ्नो रहेको उनको दाबी छ।

१६ माघमा आयोगले नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

५ पुसमा गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी १७ र २७ वैशाखमा मध्यावधि चुनाव घोषणा गरेकी छन्।

सरकारले १७ वैशाखमा ४० र २७ वैशाखमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया