

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै, सिमानाबाट भित्रिनेहरु बढी संक्रमित

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ संक्रमण दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशमा १८ जनामा कोभिड संक्रमण पुष्टी भएको छ ।
मंगलबार ६९४ जनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन विधिबाट ६७७ नमुनाको परीक्षण गर्दा १० र पीसीआर विधिबाट १७ नमुनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
प्रदेशमा सोमबार ४ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो समय सिमानाबाट भित्रिनेहरूमा कोभिड संक्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गौरीफन्टा नाकामा ६, जुलाघाट नाकामा २, दार्चुलाको पुलघाट नाकामा एक जनामा कोभिड संक्रमण पुष्टि हो ।

