२८ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा


काठमाडौँ -सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ ।

मन्त्रालयले बुधवार(हिजो) विभिन्न निकायमा कार्यरत उपसचिव तथा केही स्थानीय तहहरूका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।

सरुवा हुने मध्ये ११ जना उपसचिवहरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको छ भने एक/एक जना उपसचिवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला समन्वय समिति ललितपुरमा सरुवा गरेको छ ।

त्यसैगरी १० जना प्रमुख प्रशासकीय अधिकृतहरू साटफेर भएका छन् भने १ जनालाई प्रदेश र तीन जनालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तान्दै एक जनालाई जिल्ला समन्वय समितिबाट प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया