उत्तरी चीनको शीत भण्डारमा आगलागी हुँदा ११ जनाको मृत्यु


काठमाडौं – उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ सहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

दिउँसो करिब २:३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो।

सो आगलागी १०:५५ बजे राति यो निभाइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया