

कांग्रेसको केन्द्रीय सम्पादन बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सम्पादन बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
भोलि (मंगलबार) बिहान ९ बजे लागि बोलाइएको बैठक चैत १६ गतेसम्मका लागि सारिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनले बैठक बिहीबार ११ बजे पार्टी कार्यालयमा बस्ने जानकारी दिए। सरकारमा सहभागी हुने नेताहरूको टुंगो लगाउन कांग्रेसले केन्द्रीय सम्पादन समिति बैठक बोलाएको थियो।
आजै बिहान बसेको सत्ता गठबन्धनको बैठकले पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको थियो।

