माओवादी पदाधिकारी बैठक जारी, मन्त्रीपरिषद विस्तारबारे छलफल हुने


काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी ससचिवालयका अनुसार मन्त्रीपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । नेताहरुले बताएका छन् ।

आजको बैठकले मन्त्रिपरिषद विस्तार र पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्ने एक नेताले जानकारी दिए । सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका प्रतिनिधिमात्र छन् । नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेका हुन् ।

प्रतिक्रिया