दाङबाट जनावरको सुकुटीसहित एक जना पक्राउ


दाङ – दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित आज मङ्गलवार एक जना पक्राउ परेका छन् ।

राजपुर गाउँपालिका–७ का ४९ वर्षीय कमानसिंह विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका विकलाई जङ्गली जनावरको २० किलो सुकुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया