
नेपाललाई पाँचौ झड्का, कप्तान रोहित आउट
काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरीरहेको छ ।
ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ । पाँचौ विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् ।
रोहितले १ सय १२ बलमा ७७ रन बनाएका थिए । कप्तान पौडेल आयान खानको बलमा आउट भएका हुन् । नेपालले अहिले ३८ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको छ ।
पहिलो विकेटका रुपमा नेपालले २ रन हुँदा ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेल आउट भएका थिए ।
तेस्रो विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । चौथो विकेटका रुपमा भिम सार्की आउट भएका थिए । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल जारी रहेको छ ।



कागजपत्र |
