
ओखलढुंगाबाट काठमाण्डौ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ को मृत्यु, २४ घाईते
काठमाडौं – ओखलढुंगाबाट काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन ।
आईतबार बिहान सिद्धिचरण नगरपालिका ४ रुम्जाटारबाट यात्रु लिएर हिँडेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान हुन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाईते भएका मध्ये धेरैको अवस्था गम्भीर रहेको उनले बताए ।
दुर्घटनाका घाईते केहीलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थाहरुमा पठाईएसकिएको छ भने उद्धार कार्य जारी रहेको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



कागजपत्र |
