

सुरु भयो ओलीपक्षीय बृहत जनसभा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार आयोजना गरिएको बृहत जनसभा उपत्यकाको दरबारमार्गमा सुरु भएको छ ।
नेकपा ओली पक्षको बागमती प्रदेशद्वारा आयोजित उक्त सभाको सभापति कृष्ण गोपाल श्रेष्ठले गरेका छन् । सभामा स्वागत मन्तव्य पार्वती रावलले गरेकी छिन् ।
नारायणहिटी दरबार संग्रहालय अगाडि सुरु भएको सभामा ओली समूहका नेता कार्यकर्ताले काठमाडौंका विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शन गरेका थिए ।
उपत्यकाका विभिन्न १६ ठाउँबाट र्याली सुरु भएको र सबै ¥यालीहरु सभास्थलसम्म आइपुगिसकेको जनाइएको छ ।

