सकियो मतदान, तोकियो गणनाका लागि प्रतिनिधि


काठमाडौं – राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । मतदान सकिएसँगै दुवै उम्मेदवारबाट मगणनाका लागि प्रतिनिधि तोकिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका रामचन्द्र पौडेलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक प्रतिनिधि तोकिएका छन् ।

नेकपा (एमाले) का तर्फबाट उमेदवार बनेका सुवास नेम्वाङका तर्फबाट एमाले सांसद महेश वर्तौला प्रतिनिधि तोकिएका छन् । मत गणनाका क्रममा एक–एकजना मात्र प्रतिनिधि बस्ने सहमति निर्वाचन आयोगसँग भएको छ ।

प्रतिक्रिया