कसिँदै सौराहाको रिसोर्टमा सुरक्षा र मानवको लगनगाँठो


काठमाडौं – अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज विवाह भईरहेको छ । चितवनको सौराहाको एक रिसोर्टमा भईरहेको विवाहको तस्बिर सुरक्षा आफैंले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् ।

तस्वीरमा सुरक्षाले सुन्तला रङको सारी र मानवले चाहिं वैजनी रङको कोट र दौरा सुरुवाल लगाएका छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । कलाकार समेत रहेका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । सानो जमघटमा गरिएको विवाहमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त उपस्थित छन् । यी दुईले विवाहको बुधबार इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका छन् ।

प्रतिक्रिया