एमसीसीको समर्थन गरेको छैनः प्रचण्ड


काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को समर्थन आफूले नगरेको प्रष्टोक्ति दिएका छन्।

शुक्रबार पत्रकारसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। विहीबारको आम हड्तालमा एमसीसीविरोधी नारा रोक्न लगाएका उनले प्रष्ट पार्दै भने,‘मैले त जुन विषयमा आम हड्ताल भएको त्यहि विषयमा मात्र केन्द्रित बनेर विरोध गरौं भनेको हो।’

उनले अमेरिकी राजदूत रेन्डी बेरीसँग पनि एमसीसीमा परिमार्जन गर्न सकिने ठाउँ छ कि छैन भनेर सोधेको बताए।

प्रतिक्रिया