
सरकारद्वारा बाइक राइडर र ट्याक्सी ड्राइभरमा वैदेशिक राेजगारीमा जानका लागि रोक
काठमाडौं — सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा रोजगारीका लागि जान रोक लगाएको छ ।
ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति रोक्ने निर्णय गरेको हो ।
पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेपछि रोक लगाइएको विभागका सूचना अधिकारी निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए ।
उनका अनुसार सहज रुपमा सवारी चालक अनुमती पत्र प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था छ । अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनु परेको गुनासो आएको भुसालले बताए । उनका अनुसार सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमिले गर्दा दुर्घटनासमेत बढेसँगै विभागले यस्तो निर्णय गरेको हो ।



कागजपत्र |
