टर्की भूकम्प : मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो


काठमाडौँ – टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजार नाघेको छ।

समाचार एजेन्सी रोयटर्सका जानकारीअनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३९ हजार ६७२ र सिरियामा ५ हजार ८०० जनाको मृत्यु भएको छ।

अझै पनि दुवै देशमा खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन्।

उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई निरन्तरता दिइरहेका छन्।

मृत्यु हुनसक्नेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया