नेपाललाई जितका लागि २७५ रनको लक्ष्य


काठमाडौं – नेपालले स्टकल्याण्डविरुद्ध जितका लागि २७४ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरमा जारी आईसिसि विश्वक्रिकेट लिग २ को खेलमा स्कटल्याण्डले टस हारेर पहिले ब्याटिङ गर्दै २७४ रन बनाएर नेपाललाई २७५ रनको लक्ष्य दिएको हो

स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा २७ रन दिएर ३ विकेट लिएका थिए ।

त्यस्तै कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह एेरीले १/१ विकेट लिएका थिए । शुक्रबारको खेलमा करण केसीले महंगो सावित भएका थिए । उनले ९ ओभरमा ६८ रन दिएर कुनै पनि विकेट हात पारेनन् ।

स्कटल्याण्डका लागि माइकल लिसेकले विस्फोटक १०७ रनको पारी खेलेका थिए ।

 

प्रतिक्रिया