२० जना मोटरसाइकल चालकलाई कारबाही


काठमाडौं – प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना मोटरसाइकल चालकलाई बिहीबार ट्राफिक प्रहरीले कारबाही गरेको छ। निजी प्रयोजनमा दर्ता भई भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि चालकलाई कारबाही गरिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकलका चालकलाई कारबाही गरिएको प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

प्रतिक्रिया