

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार बस्ने

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते आइतबार बस्ने भएको छ।
विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका एजेण्डाहरुमा बैठक केन्द्रित हुने छ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बैठक सुरु हुने छ।

