प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडाैं – प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज अपरान्ह सिं‌हदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

आजै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने पनि तयारी छ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली छन्। उक्त संयन्त्रमा सत्ता साझेदार ७ दलका शीर्ष नेताहरू छन्।

प्रतिक्रिया