

एक महिने ‘आयोडिन मन्थ’ सञ्चालनमा

काठमाडौं – सरकारले एक महिना ‘आयोडिन मन्थ’ सञ्चालन सुरु गरेको छ । आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सोमबारदेखि एक महिनाभर आयोडिन मन्थको रुपमा सञ्चालन सुरु गरिएको हो ।
युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरुमध्ये भिजिबल गोइटर सन् १९८५/०८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन ।
सरकारले दिएको निर्देशनअनुसार साल्ट ट्रेडिङ्ग’ कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको छ ।

