

भिभोले १२ जीबी र्याम भएको स्मार्टफोन ल्याउने

काठमाडौं – चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले १२ जीबी र्याम भएको स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । गुगल प्ले कन्सोलमा सूचीकृत भएको एक सूचना अनुसार भिभोले बजारमा नयाँ फोन ल्याउने तयारी गरेको हो ।
सो सूचना अनुसार उक्त फोनमा डाइमेन्सिटी ११०० चिप सेट रहने छ । मिडियाटेकले सार्वजनिक गरेको डाइमेन्सिटी ११०० चिपसेटमा आधारित भएर बजारमा आउने यो नै पहिलो फोन हुन सक्ने आँकलन गरिएको छ ।

