

पिएसीजीले नेयमारलाई थप चार वर्षको सम्झौता अफर

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले पीएसजी सँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।
पिएसीजीले स्टार खेलाडी नेयमारलाई थप चार वर्षको सम्झौता अफर गर्ने खबर आएको छ । सम्झौता अनुसार नेयमार सन् २०२६ सम्म पीएसजीमा रहने छन् ।
२८ वर्षीय फरवार्ड नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पीएसजी आएका थिए । चार वर्ष बार्सिलोनामा रहदा नेयमारले २ ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए ।

