

सेनाको नियन्त्रणपछि यस्ताे अवस्थामा देखापरिन् सुकी !

म्यानमार – सेनाको नियन्त्रणमा रहेकी म्यानमारकी नेतृ आङ सान सुची आज (बुधबार) बिहान देखापरेकी छन्।
सञ्चार माध्यमले जनाए अनुसार म्यानमारको राजधानी नेपिद्अस्थित सरकारी निवासबाट नियन्त्रणमा लिइएकी नेतृ सुकी आज बिहान निवासको पर्खालभित्र हिँडेको देखेको छिमेकीले सञ्चारमाध्यमलाई जानकारी दिएका हुन्।
उनी भन्छन्- ‘राष्ट्रपति विन मिन्टलाई भने राष्ट्रपति निवासबाट अन्यत्र सारिएको बताइएको छ। तर पुष्टि हुन सकेको छैन।’
गत सोमबार म्यानमारको सेनाले त्यहाँका राष्ट्रपति, सत्तारूढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ सुकीलगायत नेताहरूलाई नियन्त्रणमा लिएर राज्यसत्ता आफ्नो हातमा लिएको छ। त्यसयता नेतृ सुकीलगायत नेताहरूको अवस्था अज्ञात छ।
यसबीच आज बिहान नेतृ सुकी देखापरेको खबर सार्वजनिक भएको हो। एजेन्सी

