

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय गलतः गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघको निर्णय गलत भएको बताएका छन् ।
उनले बलात्कारजस्तो गम्भीर आरोप लागेका व्यक्तिले विषेषाधिकार पाउन नसक्ने र पाउन नहुने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘मेरो धारणा स्पष्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न ।’
क्यानले निलम्बन फुकुवा गरेर सन्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएसँगै राजनीतिक दलका नेताहरुले त्यस विषयमा प्रतिक्रिया दिन थालेका हुन् । सन्दीपलाई खेल्न अदालतले रोक नलगाएको भन्दै क्यानले निलम्बन फुकुवा गरेको थियो ।

