

फेरि सर्यो माओवादी केन्द्र स्थायी समिति बैठक, अब भोली बस्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ ।
शुक्रबार दिउँसो तीन बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण भोलि (शनिबार) दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो।
१२ माघदेखि सुरु भएको स्थायी समिति बैठक पटक–पटक बस्दै, सर्दै आएको छ ।

