

पुनः पार्टी सभापति बन्दै रवि लामिछाने

काठमाडौं – जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनःप्राप्त गरे लगत्तै गरेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पुनःस्थापित हुने भएका छन् ।
केन्द्रीय समितिको बैठकबाट उनलाई पुनः सभापति बनाउने तयारी गरिएको हो ।
दिउँसो ३ः३० बजे केन्द्रीय समिति बैठक बोलाइएको स्रोतले जानकारी दियो ।
सो बैठकमा रविलाई सभापति बनाउने प्रस्ताव पारित गर्ने स्रोतको भनाइ छ । शुक्रबार बसेको वैठकले डीपी अर्याललाई कार्यवाहक सभापति र पार्टी संसदीय दलको जिम्मेवारी दिएको थियो ।
लामिछानेको नागरिकता सक्रिय नहुने अदालतको आदेशसँगै उनले पार्टी सभापतिबाट राजीनामा दिएर अर्याललाई कार्यबाहक दिएका थिए ।

