


आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा आफैं पुगे प्रचण्ड–नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चुनाव चिन्ह सूर्यको दाबीसहित आधिकारिता प्रदान गर्न पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत नेताले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग माग गरेका छन्।
मंगलबार १० बजे निर्वाचन आयोग पुगेका नेताहरूले बहुमत केन्द्रीय सदस्य आफूसँग रहेको भन्दै नेकपाको आधिकारिकता आफ्नो समूहलाई दिनुपर्ने दाबी गरेका हुन्।
सोमबार केन्द्रीय समितिको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र अर्थमन्त्री विष्णु पौडेललाई महासचिवबाट हटाउँदै नेकपाले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो।

