बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री रावलबीच बधाइ साटासाट


काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल बालुवाटार पुगेका छन् । विहान भएको भेटमा मुख्यमन्त्री रावलले प्रधानमन्त्री प्रचण्डलाई बधाई ज्ञापन गरेका थिए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले पनि मुख्यमन्त्री रावललाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा दुवैजनाले एक अर्कालाई शुभकामना आदानप्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केही दिनअघि मुख्यमन्त्री रावल राजनीतिक भेटका लागि काठमाडौं आएका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित दलका नेतासँग पनि भेटेका छन् । प्रदेश मन्त्रिपरिषद विस्तारमा समस्या भएपछि राजनीतिक सहमतिका लागि उनी काठमाडौं आएको बताइएको छ ।

प्रतिक्रिया