

निष्पक्ष भूमिका र साझा नेतृत्व दिने सभामुख घिमिरेकाे प्रतिबद्धता (पूर्णपाठ)

काठमाडौँ – सभामुख देवराज घिमिरेले दलहरुबीचको प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्यमबाट समाधान गर्न आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा आफ्नो पहिलो मन्तव्य व्यक्त गर्दै सभामुख घिमिरेले आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पारेका छन् ।
सभामुखका रूपमा आफू निष्पक्ष र सबैको साझा हुने र सदनको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तो छ, सभामुखको सम्बोधन

