उपसभामुखका लागि मुक्ताकुमारीले दिइन् उम्मेदवारी


काठमाडौं — भोली हुने उपसभामुखको निर्वाचनका लागि नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दिएकी छिन् । पार्टीले अघि सारे पछि सांसद यादवले आज संसद् भवनमा पुगेर उपसभामुख पदमा उम्मेदवारी दिएकी हुन्।

उनको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।

यता सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरको उम्मेदवारी परिसकेको छ।

प्रतिक्रिया