तलब वृद्धिको माग गर्दै इंग्ल्याण्डमा नर्सहरू हडतालमा


लन्डन – इंग्ल्याण्डका नर्सहरूले तलबको विषयलाई लिएर बुधबारदेखि दुई दिने हडताल सुरु गरेका छन्। नर्सहरूले बढ्दो मूल्यवृद्धिका कारण जीवनयापनको लागतको सङ्कटबाट प्रभावित बेलायती सार्वजनिक क्षेत्रका कामदारहरूको लहरमा सामेल हुँदै हडतालमा उत्रिएका हुन्।

बुधबार बिहान सार्वजनिक गरिएको मुद्रास्फीतिबारे पछिल्लो वार्षिक तथ्याङ्कले देखाएअनुसार यो मुद्रास्फीति ऐतिहासिकरूपमा उच्च तहमा पुगेको छ। नोभेम्बरमा अघिल्लो महिना १०.७ प्रतिशत रहेको दरहरू डिसेम्बरमा केही कम भएर १०.५ प्रतिशतमा झरेका छन्।

मुख्य नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारका लागि गम्भीरतापूर्वक वार्ता गर्न नसकेको आरोप लगाएको छ।

नर्स अन्ना स्विफ्टले मध्य लण्डनमा विरोधमा सहभागी हुनुभन्दा पहिले भनिन्, ‘हामी भारी मनका साथ हडताल गर्दैछौं। तर हामी यसबाट के हासिल गर्न चाहन्छौं भन्ने बिषयमा हामी पूर्णरूपमा स्पष्ट छौं।’ उनले थपिन्, ‘हामीलाई राम्रो तलब चाहिएको छ, हामीलाई राम्रो अवस्था चाहिएको भनी आवाज उठाउने समय आएको महशुस भइरहेको छ।’

पछिल्ला हडतालले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई चीसोका कारण हुने रोगका कारण अत्यधिक नर्सहरूको माग भइरहेको समयमा हडताल भएको छ। कोभिड र यससँग सम्बन्धित समस्याका कारण सेवाग्राहीको भीड भइरहेका समय भएको यो हडतालले प्रशासनलाई थप दबाब सिर्जना गरेको छ।

रोयल कलेज अफ नर्सिङ (आरसीएन) युनियनले आगामी फेब्रुअरी ६ र ७ मा अर्को हड्तालको आयोजना हुने बताएको छ।

प्रतिक्रिया