यसरी गरिँदैछ पोखरामा दुर्घटनाग्रस्त विमानको उद्धार (फोटोफिचर)


काठमाडौं — यती एयरको विमान दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी छ ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम जारी राखेका छन् ।

महानगरको दमकलले आगो निभाउने प्रयास पनि जारी राखेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभावकारी उद्दारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन् ।

अहिलेसम्म १६ जना शव भेटिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

एटीआर ७२ विमान आज विहान दुर्घटना भएको थियो ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान करिब  ११ बजे पोखरा-७ को घारेपाटनको बस्ती नजिकै सेती नदी खोँचमा खसेको थियो ।

तस्बिरहरूः

प्रतिक्रिया