
राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित उर्जा मन्त्री !
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनलाई उपप्रधानमन्त्रीसहित उर्जा मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् ।
विश्वासको मत प्राप्त गरिसकेपछि सरकार विस्तार गर्ने भनिए पनि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीमण्डल विस्तारमा सकस देखिइरहँदा शनिबार सत्ता प्रमुख घटक एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि मन्त्रीमण्डल विस्तारको तयारी गरिएको छ ।
दाहालले लिङदेनलाई उपप्रधानमन्त्रीसहित अन्य मन्त्रालयहरुको पनि टुंगो लगाउन लागेका छन् । यसका लागि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच शनिबार पनि छलफल भएको थियो । शनिबारै प्रधानमन्त्री दाहालले गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गरेका थिए ।
त्यस्तै माओवादीबाट सुदन किराँती र रेखा शर्मा मन्त्री बन्ने निश्चित भइसकेको छ भने अर्को एक मन्त्रालय भागमा पाएको माओवादीले महेन्द्र यादवलाई मन्त्रीमा पठाउने सम्भावना रहेको छ ।
मन्त्रीमण्डल विस्तारका अर्को सत्ता साझेदार जसपा पनि सरकारमा जाने भएपछि मन्त्रीमण्डल भागबन्डामा असहजता देखिएको छ ।



कागजपत्र |
