मधेश प्रदेश : कांग्रेसबाट जंगिलाल यादव सभामुखको उम्मेदवार


काठमाडौं – नेपाली कांग्रेसले मधेश प्रदेशको सभामुखका लागि जंगिलाल यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सर्लाही जिल्लाबाट प्रदेश सभामा निर्वाचित यादबलाई उम्मरेदवार बनाउने निर्णय गरेको प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले बताए ।

मधेश प्रदेशमा आजै सभामुखको लागि मनोनयन दर्ता हुँदैछ । सत्ता पक्षबाट एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दिंदैछन् ।

प्रतिक्रिया