

प्रदेश १ को उपसभामुख निर्वाचन आज, कांग्रेसकी राई र एमालेकी दनुवार चुनावी मैदानमा

विराटनगर — प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ ।
प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले) की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
प्रदेशसभाको आज बिहान ११ बजे बस्ने वैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्ने छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र)को १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक सदस्य गरी ९३ सदस्य रहेका छन् ।

