नुवाकोटको माघे संक्रान्ति मेलामा ३७ हल गोरु जुधाइने, तारुकामा दुई दिन


नुवाकोट – माघे संक्रान्तिका अवसरमा नुवाकोटमा ३७ हल गोरु जुधाइने भएको छ।

माघ १ गते नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिका लगायतका स्थानमा गोरु जुधाउने गरिएको छ।

धेरै गोरु भएका कारण यस वर्ष तारुकाको चन्दनीमा माघ १ र २ गते गोरु जुधाउने तयारी छ। यहाँ यस वर्ष २८ हल गोरु जुधाइने तयारी रहेको तारुका गोरु जुधाई महोत्सव आयोजक समितिले जनाएको छ।

ऐतिहासिक सांस्कृतिक जगेर्ना र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गोरु जुधाई सांस्कृतिक महोत्सवको आयोजना हुँदै आएको छ।

प्रतिक्रिया