

रवि राज्यमा प्रहरीभित्र यस्तो ‘अपराध’ नहोस्

काठमाडौं – दूरदराजमा बर्दी लगाएर हातमा राईफल बोकेर उभिएको एउटा सिपाहीले राज्यको प्रतिनिधित्व गर्छ । देशमा कानुनी राज्य भएको जनाउ दिन्छ । कानुनको रक्षाका साथै आमनागरिकलाई सुरक्षाको प्रत्याभूति गराउँदै आपराधिक गतिविधिलाई नियन्त्रण गर्दै अपराधीलाई कठघरामा उभ्याउन आफ्नो ज्यानको बाजी लगाएर कानुनी राज्य स्थापना गर्न दिनरात खटिने नेपाल प्रहरी जस्तो गरिमामय संगठन फोहोरी राजनीतिक दाउपेजको शिकारका कारण लथालिंग बन्न पुगेको हो ।
प्रहरीको सरुवादेखी बढुवामा घिनलाग्दो राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल, चाकडी र चाप्लुसीको कारण प्रहरीभित्रका ईमान्दार अधिकृतहरु ओझेलमा पर्दै आएका छन् । जसका कारण राज्यको एउटा बलियो अंग थिल्थिलिएको छ ।
प्रहरी संगठनको साख जोगाउन आफ्नो दिलो ज्यान लगाउने केही प्रहरी अधिकृत नै राजनीतिक दाउपेजको शिकार बन्न थालेका छन् । केही महिना अगाडी नेपाल प्रहरीमा गरिएको बढुवाले नेपाल प्रहरीभित्र कतिसम्म राजनीतिक हस्तक्षेप छ भन्ने कुराको उजागर गरेको छ ।
२९ असारमा ३६ जना डीएसपीलाई एसपी बढुवाको सिफारिस गर्दा २२ जना ०५७ का ब्याचका थिए भने १४ जना ०६१ मा ईन्स्पेक्टरमा भर्ना भएका प्रहरी अधिकृत थिए । जो ३८ जना एकैपटक डीएसपी भएका थिए । जो डीएसपी हुँदा एक र दुई नम्बर मात्र नभई डिएसपीको भूमिका निभाउँदा पनि प्रहरी संगठन भित्र अब्बल र क्षमतावान् प्रहरी अधिकृतका रुपमा आफूलाई स्थापित गराउँदै आएका थिए । तिनीहरुलाई नै त्यस बढुवामा छुटाइयो ।
बढुवा सूचिमा परेका डिएसपीको तुलनामा उनलाई संगठनले उत्कृष्ट प्रहरी अधिकृतका रुपमा चिन्छ । तर, उनी बढुवा भने बञ्चित भईन् । बढुवा सूचिमा नपरेपछि उनी प्रहरी महानिरिक्षक (आईजी) धिरजप्रताप सिंहसँग पनि पुगेकी थिइन् । आफू बढुवामा छुट्नुका कारण बारे जिज्ञासा राख्दा आईजी सिंह नाजावाफ बनेका थिए । त्यसबेला डीएसपी खड्काले आफ्नो केही कमीकमजोरी भए त्यसलाई औंल्याउन आईजी सिंहलाई समेत चुनौती दिएकी थिइन् ।
चाकडी, चाप्लुसी तथा ब्रिफकेश बुझाउने कै बढुवामा बोलबोला रह्यो । २९ असारमा ०६१ बाट १४ जना बढुवा हुँदै गर्दा पहिलो नम्बरमा प्रधानमन्त्रीका पिएसओ कोमल शाह बढुवा भए भने दोस्रो नम्बरमा नरेशराज सुवेदी बढुवा सूचिमा परेका थिए । क्रमशः ३ मा भरत बहादुर विक, ४ मा सुधिरराज शाही, ५ मा बिपिन रेग्मी, ६ मा नवरत्न पौडेल, ७ मा योगेन्द्र बहादुर खड्का, ८ मा काजीकुमार आचार्य, ९ मा दुर्गाराज रेग्मी, १० मा गर्जुसिद्धि बज्राचार्य, ११ माधवप्रसाद बुढाथोकी, १२ मा गौतम मिश्र, १३ मा नविन किशोर प्रधान र १४ मा मोहनकुमार थापा बढुवा सूचिमा अटाएका थिए ।
तर, संगठनको नीतिनियम र आफ्नो क्षमतामा विश्वास गरेका र संगठनका जोगाउँदै आएकी डीएसपी बसुन्धारा खड्का र गौतम केसी जस्ता कर्तव्यनिष्ठ प्रहरी अधिकृतले बढुवाको सूचिबाट हटाईयो । जसका कारण प्रहरी संगठनभित्र ईमान्दार प्रहरी जो आफ्नो कार्य क्षमतामा विश्वास राख्छन् उनीहरुको ‘मोरलडाउन’ गरायो । खड्का प्रहरीमा जागिर सुरु गरेदेखि डिएसपी बढुवा सू्चिसम्म पनि एक नम्बर र गौतम केसी दुई नम्बरमा थिए । तर उनीहरु राजनीतिक दलका नेताका चाकडी, चाप्लुसी नगर्दा र ब्रिफकेश बुझाउन नसक्दा बढुवासूचिमा आफूलाई पारेर एसपी हुन सकेनन् ।
लैनचौर वृत्तमा विवादरहित हिसाबमा कमाण्ड सम्हालेका गौतम केसी पनि बढुवामा छुटेपछि नेपाल प्रहरीका ईमान र जमानको जमाना गएको भन्ने टिप्पणी गरिएको थियो । लैनचौर जाने हरेक प्रहरी ‘दाम कमाउन मात्र होइन, नाम कमाउन पनि जान्छन््’ भन्ने उदाहरणीय बनेका केसी नेपाल प्रहरीका आईडियल प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।
डिएसपी खड्का नेपालमा मात्र नभई यूएन मिशनमा समेत नेपाल प्रहरीको नाम उच्च राख्दै उत्कृष्ट प्रहरीमा आफूलाई दर्ज गराउन सक्षम प्रहरी अधिकृत हुन् । उनी ०६१ ब्याचकी एकमात्र महिला प्रहरी अधिकृत पनि हुन् ।
बढुवा सूचिमा परेका डिएसपीको तुलनामा उनलाई संगठनले उत्कृष्ट प्रहरी अधिकृतका रुपमा चिन्छ । तर, उनी बढुवा भने बञ्चित भईन् । बढुवा सूचिमा नपरेपछि उनी प्रहरी महानिरिक्षक (आईजी) धिरजप्रताप सिंहसँग पनि पुगेकी थिइन् । आफू बढुवामा छुट्नुका कारण बारे जिज्ञासा राख्दा आईजी सिंह नाजावाफ बनेका थिए । त्यसबेला डीएसपी खड्काले आफ्नो केही कमीकमजोरी भए त्यसलाई औंल्याउन आईजी सिंहलाई समेत चुनौती दिएकी थिइन् ।
उता, लैनचौर वृत्तमा विवादरहित हिसाबमा कमाण्ड सम्हालेका गौतम केसी पनि बढुवामा छुटेपछि नेपाल प्रहरीका ईमान र जमानको जमाना गएको भन्ने टिप्पणी गरिएको थियो । लैनचौर जाने हरेक प्रहरी ‘दाम कमाउन मात्र होइन, नाम कमाउन पनि जान्छन््’ भन्ने उदाहरणीय बनेका केसी नेपाल प्रहरीका आईडियल प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।
एक र दुई नम्बरमै बढुवा हुनुपर्ने डिएसपीहरु १४ जनाभित्र नपर्दा नेपाल प्रहरी नीति र नियममा नचली नेताको इशारामा चल्ने गरेको पुष्टि हुँदै आएको छ ।

