वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान


काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।

बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा पार्टीको तर्फबाट भाग लिन आज उनी त्यसतर्फ प्रस्थान गरेको सचिवालयले जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भोलि शुक्रबार आयोजना हुने महाधिवेशनको उदघाटन सत्रमा एमाले पार्टीको सन्देशसहितको धारणा राख्नेछन् । नेता पोखरेलसँग एमालेका विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि ढाका जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेल महाधिवेशनमा भाग लिएर शनिबार नेपाल फर्कने कार्यक्रम रहेको उनको सचिवालयका एक सदस्यले बताए ।

प्रतिक्रिया