दाहाल–नेपाल समूहले धनगढीमा आज शक्ति प्रदर्शन गर्दै


धनगढी – नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आज शनिबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शक्ति प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार विराटनगरमा जनसभा गरेको यो समूहले आज दिउँसो १ बजे धनगढीमा जनसभा गर्न लागेको हो ।

धनगढीको खुलामञ्चमा जनसभा सुरु हुनु अघि धनगढीको चौराहा र क्याम्पस रोड दुवै तर्फबाट र्‍याली निकालिने नेकपाका स्थायी समिति सदस्य एवंं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले जानकारी दिए। शक्ति प्रर्दशनसँगै हुने जनसभामा सो समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने छन्।

जनसभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल हिजो साँझ नै धनगढी पुगिसकेका छन् । अर्का अध्यक्ष प्रचण्ड आज धनगढी पुग्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको विरुद्ध यो समूहले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया