

फ्रान्स खेलमा फर्कियो, एम्बाप्पेको चामत्कारिक प्रर्दशन

कतार — जारी विश्वकपको फाइनल खेलमा २–० ले पछाडी परेको फ्रान्स खेलमा फर्किएको छ । खेलको ७८ औं र ८१ औं मिनेटमा फ्रान्सका एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका हुन् ।
यसअघि अर्जेन्टिना पहिलो हाफमा २–० ले अगाडि रहेको थियो । यससँगै खेल जारी रहँदा खेल २–२ मा चलिरहेको छ ।

