ओली पक्षबाट ७ र प्रचण्ड–नेपाल पक्षबाट ३ नेता आज निर्वाचन आयोग जाँदै


काठमाडौं – वैशाखमा तोकिएको निर्वाचनका लागि गरिरहेको तयारी र दल दर्तासम्बन्धी छलफलका लागि निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको दुवै समूह जाने भएको छ। आयोगले हिजो गरेको पत्राचारअनुसार दुवै पक्षका नेताहरू छलफलका लागि त्यहाँ जान लागेका हुन्।

आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै पक्षका ५–५ प्रतिनिधिलाई आज साढे ११ बजे कार्यालय उपस्थित हुन भनेको छ। तर दाहाल–नेपाल पक्षबाट ३ जना तथा ओली समूहबाट भने ७ जना जाने तयारी गरेका सम्बन्धित पार्टीले जानकारी दिएको छ ।

जसअनुसार दाहाल–नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ती प्रधान निर्वाचन आयोग जाँदै छन्। अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल नै जाने तयारी भए पनि उनीहरु अहिले उपत्यकाभन्दा बाहिर रहेकाले तीन जना मात्र जान लागिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

उता ओली पक्षबाट भने महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल तथा कानुनविद् बाबुराम दाहाल र रमेश बडाल निर्वाचन आयोग जाँदै छन्।

प्रतिक्रिया