अध्यक्ष प्रचण्ड र भारतीय अभिनेता ओवराय बीच भेटवार्ता


काठमाडौं – नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय चर्चित अभिनेता सुरेश ओवराय र युवापुस्ताका चर्चित नायक विवेक ओवरायबीच भेटवार्ता भएको छ ।

हिजो (बुधबार)नेपाल आएका ओवराय आज (बिहिबार) अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय १० दिन नेपालमा रहने बताइएको छ ।

नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ । अभिनेता विवेक ओवराय ओबरायले पाराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया