

नेप्सेमा १४.४८ अंकको गिरावट

काठमाडौं ( आज बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४।४८ अंकले घटेको बजार १८८२।६० बिन्दुमा झरेको हो ।
बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरु घटे । सबैभन्दा धेरै वित्त उपसूचकको सेयर मूल्य घटेको छ ।

