
खिजिफलाटे चौकीका प्रहरी प्रमुख मृत फेला
सोलुखुम्बु – ओखलढुंगाको ईलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका छन्। राई आफ्नै घर सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका ३ बासामा मृत भेटिएका हुन्।
ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाट गर्न केही दिन अघि बिदामा घर गएका थिए। २६ गते (सोमबार) बेलुका साथिभाइसँग रमाईलो गर्दै खानपिन गरेर सुतेका राई बिहान ओछ्यानमा मृत भेटिएको राईको परिवार स्रोतले जनाएको छ ।
सोमबार बेलुका राम्रैसँग खानपिन गरेर सुतेको तर मंगलबार बिहान मृत भेटिएको परिवारजनलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए।



कागजपत्र |
