३ अर्ब लगानीमा देशभर १४ डेटा सेन्टर निर्माण गर्दैं वर्ल्डलिंक


काठमाडौं – नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । कम्पनीले बिहीबार भर्चुअल प्रेस कन्फेरेन्स गर्दै ३ अर्ब लगानीमा देशका १४ शहरमा डेटा सेन्टर बनाउने घोषणा गरेको हो ।

वर्ल्डलिंकका चिफ टेक्निकल अफिसर समिर जानाले प्रत्येक प्रदेशमा हुने गरी १४ वटा डेटा सेन्टर बनाउन लागेको बताए। ‘हामीले ३ अर्ब रुपैयाँ लगानीमा १४ डेटा सेन्टर बनाउन लागेका छौँ’, जानाले भने, ‘२ देखि ३ वर्षभित्रमा यी सबै बनिसक्नेछन् ।’

यी डेटा सेन्टरमा ५ सय र्‍याक हुनेछन् भने ६ मेगावाट विद्युत् खपत हुनेछन्। एउटा टियर ३ सर्टिफाइ र अरु टियर २ का हुने उनले जानकारी दिए। यो डाटा सेन्टर वर्ल्डलिंकको मात्र नभएर सबैले प्रयोग गर्नसक्ने वर्ल्डलिंकले जनाएको छ।

नेपालमै कन्टेन डेभलप गर्ने र नेपालमै होष्ट गर्नसक्ने हिसाबले नेपालमै बनाउने प्रयास भइरहेको कम्पनीले बताइएको छ। डिजिटल नेपाल योजनाअन्तर्गत नै यो डेटा सेन्टर बनाउन लागेको वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले बताए। प्रत्येक प्रदेशको डाटा प्रत्येक प्रदेशमा हुने भएकाले यस्ता डाटा सेन्टर बनाउन आवश्यक भएको बताए।

‘डिजिटल नेपालको सपना साकार बनाउन यो डेटा सेन्टर आवश्यक छ,’ अग्रवालले भने, ‘त्यस हिसाबले हामीले डाटा सेन्टर बनाउन लागेका हौं।’ बाहिरका कम्पनीसँग पनि सहकार्य गर्ने अग्रवालले बताए। ‘एकल प्रयासबाट हामीले गर्न सक्दैनौं,’ उनले भने, ‘प्राविधिक पार्टनर खोजिरहेका छौं। गृहकार्य गरिरहेका छौं।’

डेटा सेन्टर भयो त्यति सजिलै ग्राहकसमक्ष तीव्रगतिको इन्टरनेट प्रदान गर्न सकिने वर्ल्डलिंकका सीइओ केशव नेपालले बताए।

२५ वर्ष पूरा गरिसकेको वर्ल्डलिंकका ४ लाख ८ हजार ५ सय घरधुरीमा इन्टरनेट पुगेको छ। ती घरधूरी २६ लाख प्रयोगकर्ता रहेको वर्ल्डलिंकले जनाएको छ। नेपालमा आउने कुल व्यान्डविथमा ४३ प्रतिशत वल्र्डलिंकले प्रयोग गर्छ। वर्ल्डलिंक ७३ जिल्लामा प्रयोग भइरहेको जनाएको छ।

प्रतिक्रिया