नेपाल नामिबियासँग ८६ रनले पराजित


काठमाडौं – आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक नामिबियासँग ८६ रनले पराजित भएको हो ।

जितका लागि २ सय ७६ रनको लक्ष्य पाएको नेपालले ४६.५ ओभरमा १८९ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका लागि कप्तान रोहित पौडेलले ४४ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाउँदा ज्ञानेन्द्र मल्लले ३० रन बनाए ।

ओपनर अर्जुन साउद २९ रनमा रन आउट हुँदा पहिलो विकेटको रुपमा नेपालले कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल ३ रन बनाउँदै आउट भए । त्यस्तै नेपालका आसिफ शेख ७ रनमा आउट हुँदा गुल्सन झा २ रन बनाउँदै पेभेलियन फर्किए । त्यस्तै सोमपाल कामी शुन्य रनमा आउट भए । नेपालका लागि आरिफ शेखले १८ रन बनाउँदै आउट भए ।

ललित राजवंशीले ११ रन बनाएका थिए । नेपालका सागर ढकाल शुन्य रनमा अविजित रहे । नामिबियाका लागि पिक्की या फ्रान्स, तेंगेनी लुङ्मेनी र जेजे स्मीथले २/२ विकेट लिए । त्यस्तै रुवेन तुरुम्पेमानले, बेर्नाड स्कोल्ट्, माइकल भान लिगेनले १/१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले नामिबियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो ।

नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय ११ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १९ रनको शतकीय ईनिङ खेले । कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । जान निकोल ४० तथा डेभेन ला कक १८ रनमा आउट भए ।

नेपालका लागि ललित नारायन राजवंशीले ४ तथा सोमपाल कामीले २ विकेट लिए । सागर ढकालले १ विकेट आफ्नो नाम गरे । नेपालले आफ्नो प्लेईङ–११ मा रहेका ३ जना बाहेक सबैबाट बलिङ गराएको थियो । यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।

प्रतिक्रिया