महोत्तरीमा मोटरसाइकल र ट्रक ठोकिँदा एक जनाको मृत्यु


काठमाडौं – महोत्तरीको बर्दिबास नगरपालिका-२ मसानघट्टामा गएराति मोटरसाइकल र ट्रक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखिपुर नगरपालिका-७ का २८ वर्षीय रूपेशकुमार सिंह रहेका छन्। बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारका क्रममा राति १२ बजे सिंहको मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सिरहाकै मिर्चैया नगरपालिका-१० का २० वर्षीय अजयकुमार साहलाई थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको छ।

प्रदेश २-०२-००४ प ६४३४ नम्बरको मोटरसाइकल र ना ६ ख ७७ ११ नम्बरको ट्रक आपसमा ठोकिँएका थिए। दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

प्रतिक्रिया