
काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं – काठमाडौंको तिनकुने मुनिभैरवस्थित सडकखण्डमा मंगलबार बिहानै बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका छन्।
उनलाई उपचारका लागि सिभिल अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते भएका मोटरसाइकलमा पछाडि सवार सप्तरीको अग्निसायर गाउँपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको सोही अस्पतालमै उपचार भइरहेको छ।
कोटेश्वरबाट सिनामगंलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख ४८ ४० नम्बरको बसले बानेश्वरबाट कोटेश्वरतर्फ जादै गरेको बा ८१ प २७ ९९ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो। दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।



कागजपत्र |
